मधेशमा राष्ट्रिय सभा सदस्यको मतदान सुरु


काठमाडौं ।

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। सातै प्रदेशमा फागुन २० गते रिक्त हुने १८ पदका लागि आज मतदान भइरहेको हो। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।

कोशी प्रदेशमा खस आर्यतर्फको पदमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। बाँकी १७ पदका लागि आज मतदान हुनेछ। प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख/उपप्रमुख मतदाता रहेका छन्।