दाङ ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका तीन पदका लागि आठ जनाको उम्मेदवारी परेको छ । अन्य समूहअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीबाट वृहस्पति अधिकारी, नेपाली कांग्रेसबाट चन्द्रबहादुर अधिकारी र राष्ट्रिय जनमोर्चाबाट बोमबहादुर खत्री चुनावी प्रतिस्पर्धामा छन् ।
महिला समूहअन्तर्गत नेकपा एमालेबाट रामकुमारी झाँक्री, नेपाली कम्युनिष्ट पार्टीबाट दुर्गाकुमारी भण्डारी र राष्ट्रिय जनमोर्चाबाट पद्यमा पण्डित उम्मेदवार रहेका छन् । अपाङ्गता समूहअन्तर्गत सर्जन बी.क. र बासुदेव घिमिरे उम्मेदवार छन् ।
निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ ८३ जना र स्थानीय तहका २१७ जना मतदाता सहभागी हुँदै छन् । ८७ प्रदेशसभा सदस्यमध्ये नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्की, प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसी, नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित धर्मबहादुर चौधरी हाल उज्यालो पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।
प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका कन्हैया बानियाँले भने मतदान गर्न पाउने छैनन् ।











प्रतिक्रिया