काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासले पाउनुभएको छ । स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले ४ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै डा. दासलाई उक्त महाशाखाको नेतृत्व सुम्पनुभएको हो ।
यसअघि सो महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका डा. कृष्ण पौडेललाई भने स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रहेका डा. दासलाई केही महिनाअघि मन्त्रालयमा सरुवा गरिएको भए पनि उहाँलाई स्पष्ट जिम्मेवारी तोकिएको थिएन ।
डा. दासले आजबाट औपचारिक रूपमा महाशाखाको कार्यभार सम्हालेको जानकारी दिनुभएको छ ।











प्रतिक्रिया