काठमाडौँ ।
राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्य पदका लागि आज माघ ११ गते निर्वाचन हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने बाँकी १७ पदका लागि आज मतदान भइरहेको छ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् ।
बाँकी पदका लागि सातै प्रदेशमा मतदानस्थल तोकिएको छ । कोशीमा विराटनगर, मधेसमा जनकपुर, बागमतीमा हेटौँडा, गण्डकीमा पोखरा, लुम्बिनीमा घोराही, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिममा धनगढीमा मतदान केन्द्र निर्धारण गरिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।











प्रतिक्रिया