काठमाडौं ।
विवादित सेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य समेत रहेका अग्रवाललाई शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले च्यासलमा आयोजित कार्यक्रममा खादा र टिका लगाएर स्वागत गरेका छन्।
अग्रवालमाथि पहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झूटो कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो। करिब १० दिन हिरासतमा राखिएको उनी हाजिर जमानीमा रिहा भएका थिए।
उनले सस्तोमा सेयर खरिद गरी मूल्य बढाएर बिक्री गर्ने, सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई भ्रामक आश्वासन दिने, र अरूको कारोबार खाता चलाउने गरेको आरोप छ। नेपाल धितोपत्र बोर्डले समेत उनको गतिविधि गलत रहेको ठहर गरेको थियो।











प्रतिक्रिया