मनमा खुशी र आशा बोकेर भोलि सर्लाही जाँदै छु : कांग्रेस सभापति थापा


काठमाडौं ।

नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका गगन थापा आइतबार सर्लाही–४ जाने भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि सोही क्षेत्रबाट मनोनयन दर्ता गराएका थापा उम्मेदवारको रूपमा पहिलोपटक सर्लाही जान लागेका हुन् ।

शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा थापाले आफू उम्मेदवार बनेर क्षेत्र जान लागेको जानकारी दिँदै ठूलो उत्साह रहेको बताए । युवाको भरोसामै आफूले जीवनकै महत्वपूर्ण राजनीतिक निर्णय लिएको उल्लेख गर्दै उनले निर्वाचनमा सक्रिय सहयोग गर्न आग्रह गरे ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै निर्वाचनमा अघि बढ्ने निर्णय गरेको थियो ।