मुस्ताङ ।
मुस्ताङस्थित कोरोला नाका आसपासका क्षेत्रमा बिहीबार बिहानदेखि बाक्लो हिमपात भएको छ। पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा हल्का वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो।
हिमपातका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ भने आवागमनमा समेत कठिनाइ देखिएको छ। यद्यपि, लामो समयदेखि वर्षाको अभाव झेल्दै आएका कृषकहरू भने हिमपातपछि बाली नाली सप्रिने आशामा राहतको महसुस गरेका छन्।











प्रतिक्रिया