भाइरल ज्वरोका कारण हालसम्म  सिड्डि गाउँका ३ जनाको मृत्यु, अधिकासं प्रभावित


मुगु ।

मुगु जिल्ला सोरु गाउँपालिमा – ९ सिड्डि गाउँमा फैलिएको भाइरल ज्वरोका कारण हालसम्म एक गाउँका ३ जनाको मृत्यु भएको छ ।


उक्त समस्याका कारण ७२ वर्षिया रुद्रवीर रोकाया, ७० वर्षिया पाउसरा रोकाया र ७१ बर्षिया काली कोइला रोकायाको निधन भैसकेको स्थानीयहरुले बताए ।स्थानीयका अनुसार विगत एक सातादेखि ज्वरोको संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ , उपचारको अभाव र स्वास्थ्य संस्थाको दूरी टाढा भएकाले समयमै उपचार नपाउँदा ज्यान गएको स्थानीय हशंबीर  रावलले बताएका छन् । गाउँभरिका अधिकांश मानिस बिरामी परेका छन् ।

अचानक ज्वरो, टाउको दुखाइ, शरीर दुख्ने, बान्ता र कमजोरीजस्ता लक्षण देखिन थालेपछि गाउँमा त्रास फैलिएको छ ।त्यसतै सोरु गाउँ पालिका वडा न ७ बुम्चकि ७९ बर्षिया रिउँलि बिष्टको समेत चिसो र रुघाखोकी ले मृत्युु  भयको हो । छायानाथ रारा नगरपालिका २ कि बर्ष ७२ कि चल्लि सरा मल्लको समेत चिसो र रुघाखोकी किले मृतङ भयको मृतकका  आफन्त धनबहादुर मल्ल बताउँछन् ।

यस घटनापछि स्थानीय बासिन्दाहरूले तत्काल प्रभावकारी स्वास्थ्य सेवा, औषधि र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न सम्बन्धि सरोकारवालाहरु संग माग गरेका छन् ।

यो माग राखे संगै सोरु गाउँपालिकाको स्वास्थ्यकर्मिको टिम आज सिड्डि गाउमा पुगिसकेको वडा अध्यक्ष सागर शम्सेरले बताए अध्यक्ष शाहीका अनुसार गाउँमा के भएको सत्य कुरा स्वास्थ्यकर्मीबाट आउने कुरा बताए ।

सिड्डि गाउँका स्थानिय वासिको स्वास्थ्य अवस्था बुझ्नको लागी सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामिलाई कल कर्दा उहाँले कल रिसिभ गर्नु भएन । सोरु गाउँपालिकाका बस्ति अैाषधि र स्वास्थ्यकर्मि पठायको सिड्डि गाउमा ३ जना चिसो र भाईरल ईन्फ्लईन्जाले मरेको सन्दर्भमा थप बिरामी लाई उपचार गर्न पालिकाका स्वास्थ्य प्रमुखलाई  भनिसकेको कुरा सोरु गाउपालिका अध्यक्ष धर्मबहादुर शाही बताउँनु हुन्छ ।

जिल्लामा चिसो बढदै गयपछि कुनै ठाउँमा चिसोको कारणले भाईरलको प्रभाव कायमै छ । मंसिरको तेस्रो सात तिर बाम गाउका ५ जनाको मृत्यु  भयको थियो ।

हाल उत्त बस्तिमा भाईरल नियन्त्रणमा आईसकेको छ । चिसो कारण रुघाखोकिबाट बनेको भाईरल ईन्फईलुन्जाबाट ,बुढाबुढि,बालबालिका र दमका बिरामी निकै प्रभावित भयका छन्। मुगुमा भयको हिमपात सँगै चिसो बढेपछि बिरामी को संख्या बढने स्वास्थ्यकर्मी राज्न्द शाही बताउँ छन्।