काठमाडौँ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि भेला गर्ने तयारी भइरहेको छ।
भेलामार्फत विशेष महाधिवेशनपछिको पार्टीको आन्तरिक अवस्था र आगामी रणनीतिबारे नेता–कार्यकर्तालाई जानकारी गराइने जनाइएको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा रहेका छन् भने भेलाको मिति भने अझै तय भइसकेको छैन।











प्रतिक्रिया