काठमाडौं ।
पार्टीको निर्णयविपरीत सिरहा–४ बाट नेकपा एमालेका उम्मेदवार बनेका धर्मनाथप्रसाद साहलाई नेपाली कम्युनिस्ट पार्टीले कारबाही गरेको छ। उनी पार्टीबाटै प्रतिनिधिसभा सदस्यको टिकटका आकांक्षी थिए तर टिकट नपाएपछि पार्टी छोड्दै एमालेबाट उम्मेदवार बनेका हुन्।
साह यसअघि तत्कालीन नेकपा एकीकृत समाजवादीमा केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इञ्चार्ज थिए। एकीकृत समाजवादी, माओवादी केन्द्रलगायत दल एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीमा उनी केन्द्रीय सदस्य थिए। सिरहा–४ मा नेकपाका आधिकारिक उम्मेदवार अजयशंकर नायक रहेका छन्।











प्रतिक्रिया