टिकट नपाएपछि बागी उम्मेदवारी, गजुरेल र दाहाल नेकपाबाट निष्कासित


काठमाडौं ।

पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेल र महेश्वर दाहाललाई पार्टीबाट निष्कासन गरेको छ ।

सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्यका लागि महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि उनीमाथि कारबाही गरिएको हो ।

बागी उम्मेदवार दाहाललाई समर्थन गरेको आरोपमा गजुरेल पनि कारबाहीमा परेका छन् । पार्टीले आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध उम्मेदवारी तथा समर्थन गर्नेहरूलाई अनुशासन उल्लङ्घन ठहर गर्दै निष्कासन गरिएको जनाएको छ ।