तनहुँमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


तनहुँ ।

नारीघाट – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी–२ नारीघाटमा शुक्रबार राति मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ का ६० वर्षीय दलबहादुर थापा रहेका छन्।

डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ आउँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकले थापालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। टाउकोमा चोट लागेका थापालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिँदा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीले ठक्कर दिने चालक मकवानपुर, सरीखेत पलासे–१ का २९ वर्षीय बाबुलाल लोलालाई नियन्त्रणमा लिएको जनाएको छ।