काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये ३ हजार १७ जना पुरुष, ३८८ जना महिला र १ जना अन्य समूहबाट रहेका छन्।
उम्मेदवारी दर्तादेखि फिर्तासम्मको प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली प्रकाशित भइसकेको छ भने माघ १० गतेसम्म दाबी–विरोधको समय दिइएको छ।
दाबी–विरोधपछि अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जानकारी दिएको छ।











प्रतिक्रिया