काठमाडौँ ।
नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बादल लागेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।











प्रतिक्रिया