वेस्ट ईन्टिग्रिटी र एपिएफ सम्मान सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र दिपक कोइरालालाई


काठमाडौँ। 

२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा वेस्ट ईन्टिग्रिटी र एपिएफ सम्मान सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र दिपक कोइरालालाई प्रदान गरिएको छ । 

माघ ९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित प्रभातकालीन विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो पुरस्कार प्रदान गरेका हुन् । 

कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरिएको २५ हजार रुपैयाँ राशीको ‘वेस्ट ईन्टिग्रिटी अफिसर अवार्ड’ सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण पकली सुनसरीमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बालाई प्रदान गरिएको हो ।

संगठनबाट आफुलाई प्राप्त जिम्मेवारी निर्वाहमा उल्लेखनीय ढङ्गबाट कार्यसम्पादन गरी  उल्लेखनीय कार्य गर्न सफल सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बालाई २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा ‘वेस्ट ईन्टिग्रिटी अफिसर अवार्ड’ बाट पुरस्कृत गरिएको हो । 

उनी संगठनमा इमानदार अनुसाशीत र कर्तव्य निष्ठ अधिकृतका रुपमा परिचित छन् । विगतमासमेत विराटनगरको रानी सिरहाको मार्डर र पर्साको विरगंज भन्सार गुल्मको कमाण्ड सम्हालेर राजश्व सङ्कलन र तस्करी नियन्त्रणमा उल्लेखनीय योगदान पु¥याएका छन् । 

त्यसैगरी २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) कै अवसरमा सशस्त्र प्रहरी नायव उपरिक्षक दीपक कोइरालालाई एपिएफ सम्मानबाट सम्मानित गरिएको छ । सशस्त्र प्रहरी नायव उपरिक्षक कोइराला सशस्त्र प्रहरी बल नेपालमा विभिन्न जिम्मेवारीमा इमानदार अनुशासित र बहुआयामिक व्यक्तिको रूपमा चिनिन्छ । 

उनी सुरक्षा सेवाको अतिरिक्त आफ्नो कला, साहित्य, अभिनय, सिर्जना, लेखन, परिकल्पना तथा सांस्कृतिक प्रस्तुति एबं सन्देशमूलक टेलीभिजन कार्यक्रमहरु र गीत संगीत मार्फत आम जनमानसमा परिचित छन् । सुरक्षा सेवाजस्तो अनुशासित र चुनौतीपूर्ण पेशामा आबद्ध रहँद पनि उनले आफ्नो कला र साहित्यलाई समेत सिर्जनात्मक ढंगले अगाडी बढाएका छन् । 

उनका लेखन, अवधारणा र सिर्जनाहरूले संगठनभित्र सिर्जनात्मक संस्कृतिको विकास गर्नुका साथै सार्वजनिक कार्यक्रम, राष्ट्रिय सभा समारोह तथा विशेष अवसरहरूलाई गरिमामय र सन्देशमुलक बनाउने कार्य समेत गरेको छ ।

तसर्थ, उनलाई पेशागत निष्ठा, इमान्दारिता र अनुशासनसँगै उनी भित्र रहेको कला र निरन्तर साधनाको उच्च प्रशंसा गर्दै २५ औँ  सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा एपिएफ सम्मान प्रदान गरिएको हो । सशस्त्र प्रहरी बल नेपालमा गर्विलो पुरस्कारको रुपमा लिइने एपिएफ सम्मान यसअघि दुई जना अधिकृतलाई प्रदान गरिएको थियो ।