“गगनकुमार थापा नेपाली कांग्रेस सभापतिमा पदभार ग्रहण” गर्दै


काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले आज औपचारिक रूपमा पदवहाली गर्दै छन्। गत माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

पार्टी केन्द्रीय सचिव प्रकाश शर्माका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थिती आवश्यक रहेको छ। थापाले आजैबाट पार्टीको कमान्ड औपचारिक रूपमा सम्हाल्दैछन्।