काठमाडौँमा सुन–चाँदीको मूल्यले नयाँ कीर्तिमान


काठमाडौँ ।

काठमाडौँमा आज स्थानीय बजारमा सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

बिहीबारको तुलनामा आज प्रतितोला सुन रु ९ हजार २०० र चाँदी रु ३२० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ४०० र चाँदी प्रतितोला रु ६ हजार १९० मा कारोबार भएको छ। अन्तरराष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य उच्च बिन्दुमा पुगेको जनाइएको छ।