हेटौंडा ।
हेटौंडा उपमहानगरपालिका–४ द्वारा आयोजित हेटौंडा उपमहानगरस्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि कृष्णआदर्श इंग्लिस बोर्डिङ स्कुलले जितेको छ ।
फाइनलमा कृष्णआदर्शले ज्योति माध्यमिक विद्यालयलाई २४–२६,२५–२२, १५–६ ले हराएको थियो । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को समन्वय तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडा–४ को व्यवस्थापनमा २ दिन सञ्चालन भएको प्रतियोगितामा उपमहानगरभित्रका १२ वटा विद्यालयको सहभागिता थियो ।











प्रतिक्रिया