रेशम चौधरीको उम्मेदवारी खारेज


काठमाडौँ।

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले प्रचलित कानूनअनुसार उम्मेदवारी कायम रहन नसक्ने ठहर गर्दै चौधरीको मनोनयन खारेज गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्णयमा भनिएको छ, “नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्था नदेखिएकाले खारेज गरिएको छ ।”

चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार थिए । उम्मेदवारी खारेज भएपछि सो क्षेत्रको चुनावी समीकरणमा प्रभाव पर्ने देखिएको छ ।