लिट्मसद्वारा ‘आईएसपी’ सुरु


काठमाडौं ।

लिट्मस इन्डस्ट्रिजले इलेक्ट्रीशियनका लागि सीप सुधार कार्यक्रम ‘आईएसपी’ (इलेक्ट्रीशियन स्किल प्रोग्राम) औपचारिक रूपमा सुरु गरेको छ । “शिक्षा, दक्षता र सुरक्षा” भन्ने नारामा आधारित यो विशेष सीपमूलक कार्यक्रम सुरुमा काठमाडौँमा सञ्चालन गरिने र निकट भविष्यमै देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

सीप सुधार कार्यक्रम ‘आईएसपी’ लिट्मसका उत्पादन प्रयोग गर्ने इलेक्ट्रीशियनलाई लक्षित गरी तयार गरिएको हो । यस कार्यक्रमले प्राविधिक सीप अभिवृद्धि गर्नुका साथै देशभर सुरक्षित विद्युत अभ्यास प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । यसबाट लिट्मसले आफ्ना ग्राहक तथा प्रयोगकर्ताप्रति राखेको जिम्मेवारी र सामाजिक प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ ।

बीस दिने तालिम कार्यक्रममा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा विशेष ध्यान दिइनेछ । तालिममा औद्योगिक इलेक्ट्रिक वायरिङ तथा स्थापना, मोटर कन्ट्रोल प्रणाली, अर्थिङ, लाइटनिङ प्रोटेक्सन, जेनेरेटर प्रणालीलगायत आवश्यक ह्यान्ड्स–अन सीप समावेश गरिएका छन् । इलेक्ट्रीशियनको दक्षता वृद्धि गरी सुरक्षित वायरिङ र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।