काठमाडौं ।
रुसको बास्कोर्टोस्तान गणतन्त्रको राजधानी उफामा प्रहरीमाथि आक्रमण गर्ने योजना बनाइरहेका एक आतंकवादीको मृत्यु भएको छ भने अर्का एक जनालाई हिरासतमा लिइएको छ।
बुधबार स्थानीय सञ्चारमाध्यमहरूले यो जानकारी दिएका हुन्। तास समाचार एजेन्सीलाई उद्धृत गर्दै रुसको संघीय सुरक्षा सेवाका अनुसार प्रतिवन्धित आतंकवादी संगठनका दुई सदस्यले घरेलु विष्फोटक उपकरण प्रयोग गरी सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्ने योजना बनाएका थिए।
सुरक्षाकर्मीको कारबाहीपछि उक्त योजना विफल पारिएको बताइएको छ।











प्रतिक्रिया