अदनमा कार बम विस्फोट, दुई सैनिकको मृत्यु


काठमाडौं ।

यमनको दक्षिणी बन्दरगाह शहर अदनमा बुधबार सरकारी समर्थक बलको सैन्य टोलीलाई लक्षित गरी गरिएको कार बम विस्फोटमा दुई सैनिकको मृत्यु भएको छ।

स्थानीय सुरक्षा अधिकारीका अनुसार अदनको उत्तरी बाहिरी क्षेत्र जाउलाह हुँदै सैन्य टोली अघि बढिरहेका बेला विस्फोटक पदार्थले भरिएको सवारी साधन विस्फोट भएको हो।

उक्त टोलीमा सरकारी पक्षधर जायन्ट्स ब्रिगेडका वरिष्ठ कमाण्डर हम्दी सुक्री पनि सवार रहेको जनाइएको छ। घटनापछि सुरक्षा सतर्कता कडा पारिएको छ।