यस वर्षको एसईई परीक्षाको तालिका सार्वजनिक


काठमाडौँ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

जस अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ ।

बोर्डकाका अनुसार चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने छ ।

गत वर्ष चैतको ७ गतेदेखि सञ्चालन भएको परीक्षा यसवर्ष भने १२ दिन पछि सारिएको छ।