लिट्मसद्वारा इलेक्ट्रीशियनका लागि सीप सुधार कार्यक्रम ‘आईएसपी’ सुरु


काठमाडौँ
लिट्मस इन्डस्ट्रिज लिमिटेडले इलेक्ट्रीशियनका लागि सीप सुधार कार्यक्रम ‘आईएसपी’ (इलेक्ट्रीशियन स्किल प्रोग्राम) औपचारिक रूपमा सुरु गरेको छ । “शिक्षा, दक्षता र सुरक्षा” भन्ने नारामा आधारित यो विशेष सीपमूलक कार्यक्रम सुरुमा काठमाडौँमा सञ्चालन गरिने र निकट भविष्यमै देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

सीप सुधार कार्यक्रम ‘आईएसपी’ लिट्मसका उत्पादन प्रयोग गर्ने इलेक्ट्रीशियनलाई लक्षित गरी तयार गरिएको हो । यस कार्यक्रमले प्राविधिक सीप अभिवृद्धि गर्नुका साथै देशभर सुरक्षित विद्युत अभ्यास प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । यसबाट लिट्मसले आफ्ना ग्राहक तथा प्रयोगकर्ताप्रति राखेको जिम्मेवारी र सामाजिक प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ ।

बीस दिने तालिम कार्यक्रममा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा विशेष ध्यान दिइनेछ । तालिममा औद्योगिक इलेक्ट्रिक वायरिङ तथा स्थापना, मोटर कन्ट्रोल प्रणाली, अर्थिङ, लाइटनिङ प्रोटेक्सन, जेनेरेटर प्रणालीलगायत आवश्यक ह्यान्ड्स–अन सीप समावेश गरिएका छन् । इलेक्ट्रीशियनको दक्षता वृद्धि गरी सुरक्षित वायरिङ र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

यो तालिम कार्यक्रम सीटीईभीटीसँग आबद्ध बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले संरचित, उद्योग–सम्बन्धित र मापदण्डयुक्त प्राविधिक शिक्षा सुनिश्चित गर्ने विश्वास लिइएको छ ।

कार्यक्रमको औपचारिक सुरुवात लिट्मस इन्डस्ट्रिज लिमिटेडकी निर्देशक साक्षी गुप्ता र बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रिन्सिपल सुशीलकुमार श्रेष्ठबीच भएको सम्झौता हस्ताक्षर समारोहमार्फत गरिएको हो ।

समारोहमा बोल्दै लिट्मस इन्डस्ट्रिज लिमिटेडकी निर्देशक साक्षी गुप्ताले यो पहल तालिम मात्र नभई समाज र ग्राहकप्रतिको जिम्मेवारी भएको बताउनुभयो । उनले लिट्मस सधैं आफ्ना ग्राहकसँग उभिएको र भविष्यमा पनि उभिरहने उल्लेख गर्दै शिक्षा र सीप विकासमार्फत सुरक्षित वायरिङ अभ्यास र गुणस्तरीय विद्युत स्थापना प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। काठमाडौँबाट सुरु गरिएको यो तालिम देशभर विस्तार गर्न पाउँदा कम्पनी गर्वान्वित भएको उनले बताउनुभयो ।

त्यसैगरी, बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रिन्सिपल सुशीलकुमार श्रेष्ठले लिट्मस इन्डस्ट्रिज लिमिटेडजस्तो प्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यो कार्यक्रमले इलेक्ट्रीशियनहरूको सीप, व्यवसायिक दक्षता र सुरक्षा सचेतनामा वृद्धि गरी समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

“शिक्षा, दक्षता, सुरक्षा” भन्ने मूल मन्त्रबाट प्रेरित लिट्मसको सीप सुधार कार्यक्रम ‘आईएसपी’ले इलेक्ट्रीशियनलाई सशक्त बनाउने, सुरक्षा मापदण्ड सुधार गर्ने र नेपालमा दक्ष प्राविधिक जनशक्ति विकासमा योगदान पु¥याउने लिट्मस इन्डस्ट्रिज लिमिटेडको दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाएको छ ।

लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालकै अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने कम्पनी हो । सुरक्षा, नवीनता र भरपर्दोपनलाई प्राथमिकतामा राख्दै कम्पनीले उच्च गुणस्तरका अन्तर्राष्ट्रिय मापदण्डअनुसारका विद्युत समाधानहरू प्रदान गर्दै आएको छ । देशको पूर्वाधार विकासमा योगदान पु¥याउँदै लिट्मसले उद्योग र समुदायमा विश्वास र प्रगतिलाई निरन्तर अघि बढाइरहेको छ ।