झापा ।
आगामी निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनले सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्ताका क्रममा अध्यक्ष ओलीसँगै पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेता–कार्यकर्ता, समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। उनीहरूले नाराबाजी र झण्डासहित ओलीलाई साथ दिँदै मनोनयनस्थलसम्म पुर्याएका थिए।
मनोनयनपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले झापा–५ लाई विकास, स्थायित्व र सुशासनको नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्याए। उनले जनताको विश्वासका साथ आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबीसमेत गरे।
एमाले झापा जिल्ला कमिटीका अनुसार अध्यक्ष ओलीको उम्मेदवारीले जिल्लामा चुनावी माहोल थप उत्साहित बनेको छ। अन्य दलका उम्मेदवारहरूको गतिविधिसँगै झापा–५ मा निर्वाचन प्रतिस्पर्धा चर्किँदै जाने देखिएको छ।











प्रतिक्रिया