काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रतिनिधिसभा निर्वाचनका लागि झापा -५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनले मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिएका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताए ।
झापा–५ लाई राष्ट्रिय राजनीतिको चर्चाको केन्द्र बनाएको यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शाहको प्रत्यक्ष भीडन्त हुने निश्चित भएको छ । ओलीले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन । दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रश्तुत गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिष्पर्धाको केन्द्र बनेको छ ।











प्रतिक्रिया