कांग्रेस आधिकारिकताबारे देउवा पक्षको रिट आज सर्वोच्चमा सुनुवाइ


काठमाडौँ ।

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुँदैछ। उक्त रिट न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेशी चढेको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको केन्द्रीय समिति अद्यावधिक गरेपछि त्यस निर्णय संविधान र लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको दाबी गर्दै देउवासहित निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत सर्वोच्च पुगेका हुन्।

सुनुवाइलाई ध्यानमा राख्दै सर्वोच्च अदालत परिसरमा कडा सुरक्षा व्यवस्था गरिएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाली सेना परिचालन गरिएको छ।