काठमाडौँ ।
मनोनयन प्रक्रियाका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले आ–आफ्नो समय माग गरेका छन्। प्राप्त विवरणअनुसार नेपाली काङ्ग्रेसले दिउसो २:०० बजे, नेकपा एमालेले दिउसो १:०० बजे, राष्ट्रिय स्वतन्त्र पार्टीले दिउसो १:३० बजे, राष्ट्रिय जनमोर्चाले दिउसो १२:०० बजे तथा श्रम संस्कृति पार्टीले दिउसो १:२० बजे र बिहान ११:०० बजे मनोनयन समय माग गरेको छ।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको हकमा भने मनोनयन समय स्पष्ट रूपमा उल्लेख गरिएको छैन। सम्बन्धित निकायले तोकिएको समयअनुसार मनोनयन प्रक्रिया व्यवस्थापन गर्ने जनाएको छ।











प्रतिक्रिया