काठमाडौं ।
शिक्षामन्त्री पदबाट राजीनामा दिएका डा= महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा संसदीय निर्वाचन लड्ने घोषणा गरेका छन्। पुनले कुनै पनि दलको प्रतिनिधित्व नगरी जनताको प्रत्यक्ष समर्थनमा चुनावी मैदानमा उत्रिने निर्णय गरेको बताएका हुन्। उनले दलगत राजनीतिभन्दा माथि उठेर देशका लागि काम गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिने स्पष्ट पारे।
राजनीतिमा इमानदार काम गर्न दलको सीमाभन्दा बाहिर उभिनु आवश्यक ठानेँ, पुनले भने–शिक्षा, प्रविधि र ग्रामीण विकासलाई राष्ट्रिय प्राथमिकता बनाउने मेरो अभियान अब संसदबाट अघि बढाउँछु। शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि पुनको राजनीतिक भविष्यबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेसँगै म्याग्दीको राजनीतिक समीकरण फेरिएको छ।
प्रविधि अभियन्ताका रूपमा स्थापित पुन ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार, डिजिटल शिक्षा र नवप्रवर्तन अभियानका कारण लोकप्रिय मानिन्छन्। यही सामाजिक छविका कारण उनी म्याग्दीमा बलिया स्वतन्त्र उम्मेदवारका रूपमा हेरिन थालेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार दलहरूप्रति बढ्दो जनअसन्तुष्टिको बीच पुनको स्वतन्त्र उम्मेदवारीले स्थापित दलहरूलाई चुनौती दिन सक्ने देखिन्छ . उनको घोषणापछि म्याग्दीको चुनावी माहोल थप रोचक बनेको छ।











प्रतिक्रिया