काठमाडौँ ।
नेकपा एमालेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को उम्मेदवार अहिलेसम्म टुङ्ग्याउन सकेको छैन। काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार सचिवालय बैठकले अधिकांश क्षेत्रको उम्मेदवार टुंग्याए पनि काठमाडौँ–४ को उम्मेदवार ‘होल्ड’मै छ।
काठमाडौँ–४ मा कांग्रेसले पनि उम्मेदवार घोषणा गरेको छैन। यस क्षेत्रमा रास्वपाले सस्मित पोखरेल, नेकपाले इन्द्र भुसाललाई उम्मेदवार बनाएका छन्। यो क्षेत्र पहिले कांग्रेसका गगन थापाले जितेका थिए।











प्रतिक्रिया