किन लाग्छ मायाको धौले धन्सार


दाजुभाइको कथा भन्ने फिल्म किन लाग्छ मायामा समावेश गीत धौले धन्सार सार्वजनिक गरिएको छ।
कुबेर तामाङको निर्देशनमा बनेको फिल्मको यो गीत लोक शैलीमा तयार पारिएको छ।

पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को स्वर रहेको गीतमा डाक्टर आशाबहादुर तामाङको शब्द रचना र पुष्कर सुनुवारको संगीत रहेको छ भने गीतको भिडियो रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्। सुमधुर अडियोको गीतलाई कोरियोग्राफर लामिछानेले आकर्षक बनाएका छन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सञ्जित भण्डारी, जान्ह्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिउ“वाला गौतम, नव–नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीले नृत्य गरेका छन्।

राजेन्द्र खड्गी, रवि डंगोल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रवीन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारीलगायतका कलाकारले समेत अभिनय गरेको फिल्ममा स्याडो रियलको कथा र शब्द, रामकाजी घिमिरेको पटकथा र संवाद, राजेन्द्र खड्गीको एक्सन निर्देशन, रामशरण उप्रेती र रामकुमार केसीको डीओपी तथा बनिष शाह र नवीन चौधरीको सम्पादन रहेको छ। फिल्म सञ्जित भण्डारी र मोनु खड्काले निर्माण गरेका हुन्।