पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो


काठमाडौँ। 

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

तराईका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। यसका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।