आज माघे सङ्क्रान्ति पर्व मनाइँदै : स्नान, दान र मेलाको रौनक


काठमाडौँ। 

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज माघे सङ्क्रान्ति श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। उत्तरायण सुरु हुने भएकाले आजको स्नान, दान, जप, ध्यान र व्रतलाई पुण्यदायी मानिन्छ। देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ।

माघे सङ्क्रान्तिमा घ्यू, चाकु, तिलका परिकार, तरुल र खिचडी खाने परम्परा छ, जसले जाडोमा शरीरलाई न्यानो र स्वस्थ राख्ने विश्वास गरिन्छ। यसै अवसरमा आज राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाइँदैछ।