कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत चयन


काठमाडौँ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत चयन भएका छन्। काठमाडौँको भृकुटीमण्डपमा चार दिनसम्म चलेको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा थापालाई निर्विरोध सभापतिमा चयन गरिएको हो।

सभापतिमा थापाको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत चयन भएका हुन्।

त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

सहमहामन्त्रीका सबै ८ पदमा पनि सर्वसम्मत चयन भएको छ। सहमहामन्त्रीमा फरमुल्लाह मंसुर (मुस्लिम), उदय शमशेर राणा (खस आर्य), प्रकाश रसाइली (दलित), बहादुर सिंह लामा (जनजाति), योगेन्द्रसिंह चौधरी (थारु), डिला संग्रौला (महिला), मुक्ताकुमारी यादव (मधेसी) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भएका छन्।

कांग्रेसको कोषाध्यक्ष भने पछि मनोनीत गरिने जनाइएको छ।