कांग्रेस विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन


काठमाडौँ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनले गुरु घिमिरे र प्रदीप पौडेललाई पार्टीको महामन्त्री चयन गरेको छ। काठमाडौँस्थित भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट उनीहरू महामन्त्री पदमा निर्वाचित भएका हुन्।

नेता विश्वप्रकाश शर्माका अनुसार विशेष महाधिवेशनले युवा नेताद्वय घिमिरे र पौडेललाई महामन्त्रीको जिम्मेवारी सुम्पिएको हो। उनका अनुसार बाँकी पदाधिकारी टुंग्याउन महामन्त्री गगन थापा र अन्य पदाधिकारीका उम्मेदवारबीच छलफल जारी छ।

निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो। सो क्रममा महामन्त्री पदका लागि घिमिरे र पौडेलले मात्र उम्मेदवारी दर्ता गराएका थिए। कांग्रेसको विधानअनुसार पार्टीमा दुई महामन्त्री रहने व्यवस्था छ।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्री पदका उम्मेदवार बनेका प्रदीप पौडेल गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।