गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा चर्को नाराबाजी


काठमाडौँ।

नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई साधारण सदस्यबाटै हटाउँदै कारबाही गरेपछि विशेष महाधिवेशनस्थलमा नाराबाजी सुरू भएको छ।

भृकुटीमण्डपस्थित दोस्रो विशेष महाधिवेशनस्थलमा अहिले महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी थालेका छन् ।

बहुमतको कदर गर, नेपाली जनता के भन्छ, गगन-विश्व ले भन्छ, निरंकुशता मान्दैनौँ जस्ता नाराबाजी उनीहरूले गरिरहेका छन्।

केहीबेर आघि कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको थियो।