काठमाडौँ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको छलफल कुनै ठोस निष्कर्षमा नपुगी टुंगिएको छ।
सभापति देउवाले राजीनामा दिएर पार्टीको सक्रिय राजनीतिबाट अलग नहुने अडान लिएपछि बुधबार बिहानदेखि सुरु भएको वार्ता निष्फल बनेको हो। देउवा निवास महाराजगञ्जमा भएको उक्त छलफलमा सभापति देउवाका साथै महामन्त्रीद्वय थापा र शर्मा सहभागी थिए। छलफलमा रमेश लेखक, बालकृष्ण खाण र मिनेन्द्र रिजालको पनि उपस्थिति थियो।
महामन्त्रीद्वयले सभापति देउवाको राजीनामालाई आफ्नो मुख्य शर्त (बटमलाइन) बनाएका थिए भने संस्थापन पक्षले सो माग स्वीकार गर्न अस्वीकार गरेको वार्तामा सहभागी एक नेताले बताए। करिब एक घण्टा चलेको छलफल सहमतिमा पुग्न नसकेपछि महामन्त्रीद्वय देउवा निवासबाट निस्केर विशेष महाधिवेशन स्थलतर्फ गइसकेका छन्।
सभापतिसँगको वार्ताबाट निकास ननिस्किएपछि अब विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको ती नेताले जानकारी दिएका छन्।











प्रतिक्रिया