काठमाडौं ।
मार्वलस र भीएस निकेतन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मार्वलसले ग्रिनलन्सलाई २७–१६ ले पराजित गरेर एक खेल अगावै समूह ‘सी’ बाट अन्तिम आठमा पुगेको हो । यो समूहबाट सेवा सदन पनि अन्तिम आठमा पुगेको छ ।
आरोन कक्षपतिको १० अंक सहयोगमा माइलस्टोनलाई २४–१८ ले हराउदै भीएस निकेतन समूह ‘बी’ को विजेता बन्यो । हारका बावजुद माइलस्टोन पनि समूह उपविजेता हुँदैं अन्तिम आठमा पुग्यो ।
बुद्धनगरस्थित केएमसी स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमै गोल्डेनपिकले गोदावरी रेसिडेन्सियलबाट वाकओभर पाएर समूह ‘डि’ को विजेता हुँदै अन्तिम आठमा प्रवेश ग¥यो । काठमाडौं जेभियर्स पब्लिक स्कुल यो समूहको उपविजेता हो ।
आयोजक केएमसी ‘बी’ ले आफ्नै ‘ए’ टोलीलाई ३१–२० ले पाखा लगाउदै समूह ‘ए’ को विजेताका रुपमा अन्तिम आठमा स्थान सुरक्षित ग¥यो । यो समूहबाट बाल दीक्षा सदन विजेता बन्दै अन्तिम आठमा पहिल्यै पुगिसकेको थियो ।











प्रतिक्रिया