सेकाहा सामुदायिक क्लब फाइनलमा

846
Shares

सखुवासभा ।

जारी तीनपोखरी कप फुटबल प्रतियोगितामा सेकाहा सामुदायिक क्लब मंगलबारको खेल जित्दै फाइनलमा प्रवेश गरेको छ । मंगलबार संखुवासभाको खाँदबारी रंगशालामा भएको खेलमा सेकाहाले संखुवासभाकै शीत्तलपाटी फुटबल क्लबलाई सडन डेथमा १–० ले हराउँदैं फाइनलमा पुगेको हो ।

निर्धारित समयसम्म दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्न नसकि खेल बराबरीमा टुंगिएको थियो । यसपछि पेनाल्टी सुटआउट भएको थियो । पेनाल्टीमा पनि दुवै टोली बराबर भएपछि सडन डेथबाट नतिजा निकाल्नु परेको थियो ।

प्रतियोगितामा सेकाहा सामुदायिक क्लबले माघ १ गते संखुवासभाकै मकालु फ्रेन्डस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । संखुवासभासहित कोशी प्रदेशका आठ टिमको सहभागिता रहेको थियो । विजेता टोलीले नगद २ लाख ५१ हजार रुपैयाँ तथा उपविजेता टोलीले १ लाख २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।