देउवासँग निर्णायक वार्तामा कांग्रेस महामन्त्रीद्वय


काठमाडौँ ।

नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताका लागि महाराजगन्ज पुगेका छन् । वार्ता समितिका सदस्य प्रदीप पौडेलका अनुसार टेलिफोन र अन्य नेतामार्फत भएको संवादलाई अन्तिम रूप दिन उनीहरू देउवा निवास पुगेका हुन् ।

सभापति देउवाको राजनीतिक संन्यास र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारलाई टिकटमा हस्ताक्षर गर्ने अधिकारबारे दुवै समूहबीच सहमति हुन सकेको छैन । यही विषयमा शीर्ष तहमा अन्तिम छलफल हुन लागेको हो । तर दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेकाले सहमतिको सम्भावना कमजोर रहेको नेताहरूले बताएका छन् ।