एलिसा हेली–एक चम्किलो अध्याय

564
Shares

अस्ट्रेलियाको एक चम्किलो अध्याय समाप्त हुन गइरहेको छ । एलिसा हेली त्यो नाम हो जसले पछिल्लो एकदशकदेखि अस्टे«लियाको क्रिकेटलाई उँचाइमा राखेको छ । उनले भारत विरुद्धको आगामी सिरिजपछि सबै प्रकारका क्रिकेट फरम्याटबाट सन्यास लिने भएकी छन् ।

अस्ट्रेलियाले फेब्रुअरी र मार्चमा भारतविरुद्ध एक टेस्ट म्याच, तीन वानडे र तीन टी–२० खेल आयोजना गर्दैछ । जसमा, ३५ वर्षीया विकेटकिपर हेलीले अन्तिम पटक अस्टे«लिया टिमको कप्तानी गर्नेछिन् । उनले टी २० सिरिजमा भने खेल्ने छैनन् ।

पछिल्ला १० वर्षमा अस्टे«लियाको महिला क्रिकेटमा उनले एकछत्र राज गरेकी छन् । उनी मुख्य रूपमा अस्टे«लियाको टिममा महत्वपूर्ण खेलाडीमा रहिन् । उनको नेतृत्वमा अस्टे«लिया टिमले ८ विश्वकप उठाएको छ । जसमा, ६ विश्वकप उपाधि टी २० को र २ वटा वानडे विश्वकप उपाधि हुन् ।

ले क्रिकेटका तीनै फरम्याट गरी करिअरमा ७ हजारभन्दा बढी रन बनाएकी छन् । साथै उनले विभिन्न देशका २७५ जना ब्याटरलाई पभेलियन फर्काएकी छन् ।
उनले दुई पटक विश्वकप जितेकी छन्, २०२२ मा इङ्गल्याण्डविरुद्धको वानडेको विश्वकप फाइनलमा १७० को उच्चतम व्यक्तिगत स्कोर गरिन् । हेलीले अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कसँग विवाह गरेकी हुन् । उनी अस्ट्रेलियाली महान विकेटकिपर इयान हेलीकी भतिजी हुन् ।

हेलीको करिअर

–सन् २०१० मा १९ वर्षको उमेरमा न्यूजिल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू । तीनै क्रिकेट फरम्याटमा यही वर्षदेखि खेलेको ।
–२०२२ कमनवेल्थ गेम्समा अस्टे«लियाले गोल्ड मेदल जित्दा टिमकी सदस्य ।
–२०२३ मा अस्टे«लियाकी कप्तान ।

हेलीको रन

१० टेस्टमा ४८९ रन (३ हाफ सेन्चुरी)

१२३ वान्डेमा ३५६३ रन (७ सेन्चुरी, १८ हाफ सेन्चुरी)

१६२ टी २० मा ३०५४ रन (१ सेन्चुरी, १७ हाफ सेन्चुरी)

उपाधिहरू

६ टी २० विश्वकप (२०१०, २०१२, २०१४, २०१८, २०२०, २०२३)

२ वानडे विश्वकप (२०१३, २०२२)

२ अस्टे«लियाको घरेलु लिग बिगबास (२०१६–१७, २०१७–१८)

११ नेसनल क्रिकेट लिग (२००७ देखि २०१९)