काठमाडौँ।
नेपालमा जेन– जी आन्दोलन पछि भू– राजनीतिक चलखेलको चर्चा भै रहेको बेला चिनियाँ उच्च स्तरीय टोली नेपाल आउन लागेको छ । जेन– जी आन्दोलन पछि पहिलो पटक चिनियाँ उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युया (नेपाली नाम सरला) नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको हो ।
तीन दिने भ्रमणको लागि नेपाल आउन लागेको झेङ युया नेतृत्वको प्रतिनिधि मण्डल आगामी हप्ता काठमाडौँ आईपुग्ने छ । जेन– जी आन्दोलन पछि नेपालमा पश्चिमा शक्तिको प्रभाब बढेको चीनको बुझाई रहेको छ । त्यसैले पनि चीनले नेपालमा लामो समय बसेर हाल चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुखको रुपमा काम गरिरहेको झेङ युया नेतृत्वमा टोली पठाएको जानकारहरु बताउँछन् ।
नेपालको राजनीतिक अवस्था तरल र जटिल मोडमा रहेको तथा जेन– जी आन्दोलन पछि गठन भएको वर्तमान सरकार फागुन २१ को निर्वाचनमा सक्रियता पूर्वक लागिरहेको बेला आउन लागेको चिनियाँ उच्चस्तरीय टोलीको भ्रमणलाई महत्वको साथ हेरिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युयाको नेपालका सबै राजनीतिक दलका नेताहरुसंग राम्रो सम्बन्ध रहेकोले पनि यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।











प्रतिक्रिया