कांग्रेस सभापति उम्मेदवारलाई ३० हजार शुल्क, अन्य पदमा कति लग्छ?


काठमाडौँ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सुरु भएको निर्वाचन प्रक्रियामा सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ।

विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै विभिन्न पदका लागि मनोनयन शुल्कसमेत तोकेको हो। निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

त्यस्तै, उपसभापति र महामन्त्री पदका उम्मेदवारका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

निर्वाचन समितिका अनुसार आज अपराह्न २ बजेदेखि मनोनयन दर्ता सुरु हुनेछ। त्यस्तै, आजै राति ९ बजेदेखि मतदान कार्यक्रम तय गरिएको छ।