काठमाडौं ।
नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँले बढी हो ।
त्यसैगरी चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिनको तुलनामा १ सय ४५ रुपैयाँले महँगिएको हो । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढेसँगै यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।











प्रतिक्रिया