काठमाडौं।
सोमबार सेयर बजारको परिसूचक नेप्से ५ दशमलव ५४ अंक घटेको छ । सो अंकको कमीस“गै नेप्से परिसूचक २६३५ अंकमा कायम भएको छ ।
परिसूचक घटे पनि कारोबार रकम बढेको छ।अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकामा हिजो ६ अर्ब ४७ करोडको भएको थियो।७५ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ७ को स्थिर रहेको थियो। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १ दशमलव ०२ प्रतिशत बढ्ेको र व्यापार समूह सबैभन्दा धेरै १.१६ प्रतिशत घटेको थियो।
विकास बैंक ० दशमलव ०२, होटल तथा पर्यटन ० दशमलव १० प्रतिशत बढे । त्यस्तै बैंकिङ ० दशमलव २५, फाइनान्स ० दशमलव ५३, हाइड्रोपावर ० दशमलव ११, लगानी ० दशमलव ४२, जीवन बीमा ० दशमलव १८, माइक्रोफाइनान्स ० दशमलव ६६, निर्जीवन बीमा ० दशमलव १४, अन्य ० दशमलव २९ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा एसवाई प्यानल र श्रीनगर एग्रिटेक कम्पनी छन्।त्यस्तै रसुवागढी हाइड्रोपावरको ८.५३, बुङल हाइड्रोपावरको ५ दशमलव ४१, ट्रेड टावरको ५ दशमलव ३०, सिक्लेस हाइड्रोपावरको ५.२९ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै सुपर मादी हाइड्रोपावरको ४ दशमलव २५, कालिका लघुवित्तको ३ दशमलव ८५, मायाखोला हाइड्रोपावरको ३ दशमलव ७१ प्रतिशत मूल्य घट्यो ।
हिजो धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, राधी विद्युत्, मञ्जुश्री फाइनान्स, श्रीनगर एग्रिटेक र शिवम् सिमेन्ट कम्पनी अगाडि रहेको थियो।











प्रतिक्रिया