मकवानपुरका तीन खेलाडीले स्वर्ण जिते


हेटौंडा ।

भारतको गुहाटीमा भएको अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुसिन कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मकवानपुरका तीन खेलाडीले स्वर्ण जितेका छन् । जसमा, महिलातर्फ ५५ केजी तौल समूहमा सबिना आले र उमेर समूहमा रेश्मा थापाले स्वर्ण पदक जित्दा पुरुषतर्फ रिदम थापाले उमेर समूहमा स्वर्ण पदक जितेका थिए ।

यस्तै, अन्य मकवानपुरबाट पदक जित्ने तीन खेलाडीमा सहसी बिश्वकर्माले ५५ केजी तौल समूहमा रजत र रोहित थापाले ६० केजी तौल समूहमा कास्य पदक जितेका थिए । महिलामा ज्योति लुङ्बाले उमेर समूहमा रजत पदक जितेकी थिइन् ।

आईकेओ क्योकुसिन वल्र्ड वे इन्डिया तथा क्योकुसिन काइकान कराँते संघ असामको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ५० केजीदेखि खुला तौल समूहका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा भारतसहित नेपाल, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र अफगानिस्तानबाट खेलाडीहरुको सहभागिता थियो ।