मादुरोले लगाएको लुगा भाइरल


एजेन्सी।

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गरेपछि संसारमा हलचल मच्यो । उनलाई हतकडी लगाएर अमेरिकामा लैजाँदा उनले नाइकी टेक फ्लीस स्वेटसुट लगाएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो फोटो उनको सोसल मिडिया प्लेटफर्म टुथ सोशलमा पोस्ट गरेका थिए । जसमा, मादुरो ग्रे कलरको नाइकी टेक फ्लीस हुडी र जगर्समा देखिएका थिए । यो फोटो छिटै भाइरल भयो । जसले गर्दा सोशल मिडियामा मीम्स र चर्चाको विषय पनि बन्यो ।

यो फोटो सोशल मिडियामा आएपछि नाइकी टेक फ्लीसलाई गूगलमा धेरैले सर्च गरेका थिए । गूगल टे«न्ड्सअनुसार नाइकी टेको सर्च संसारभरि भएको थियो । भेनेजुएला, अमेरिका, जमैका र चिली जस्ता देशहरूमा यसको सर्च बढी भएको थियो ।

नाइकी टेक फ्लीस आरामदायक र स्टाइलिस स्पोर्ट्सवेयरको लागि चर्चित छ । अहिले मादुरोको पक्राउसँग पनि यो लुगाको सम्बन्ध गाँसियो । फेसन प्रेमीहरू यही लुगा किन्न उत्सुकता भएको पनि खबरमा छ ।
रिपोर्टअनुसार नाइकी टेक फ्लीस हुडीको मूल्य १ सयदेखि १५० डलरसम्म पर्छ । यसलाई नाइकीको अफिसियल वेबसाइट या स्टोर्सबाट किन्न सकिने पनि रिपोर्टमा उल्लेख गरिएको छ ।