धनगढी,
धनगढी उपमहानगरपालिकामा दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधिहरु आएपछि नगरको विकासले गति लिएको छ । नगर प्रमुखमा गोपाल हमाल विजयी भएपछि नगरको विकास गर्न नयाँ मोडेल अघि सार्नुभएको थियो । हमाल स्वतन्त्रबाट चुनाव जित्नुभएको हो । नगर प्रमुख गोपाल हमाललाई एमालेका तर्फबाट विजयी उप प्रमुख कन्दकला रानाको बलियो साथ रहेको छ । दोस्रो कार्यकालका लागि निर्वाचन भएलगत्तै नगरप्रमुख हमाललाई दलहरुका प्रतिनिधिहरुले असायोग गरेपनि हमालले विशुद्ध धनगढीको विकास गर्ने योजनाका साथ अघि बढेपछि दलहरुबाट विजयी जनप्रतिनिधिहरुले साथ दिएको थिए ।
शूरुमा एमालेबाट निर्वाचित उपप्रमुख सहितका प्रतिनिधिहरु पनि विपक्षमा देखिएका थिए तर नगरप्रमुख संगको संवाद पछि धनगढीको विकास गर्ने अभियानमा एमाले बाधक नहुने भन्दै उप प्रमुख कन्दकला रानाले नगरप्रमुख हमाललाई बलियो साथ दिनुभएको हो । नगरको विकास र नगरवासीको उन्नती प्रगतीका लागि नगर प्रमुख हमाल र उप प्रमुख रानाबीचको बलियो सहकार्यले धनगढी देशमै नमुना नगर मध्येको एक नगर बन्न सफल भएको नगरबासीहरु बताउँछन् ।
जनप्रतिनिधिको नयाँ अनुभव भएकाले शुरुका केही महिनाहरुमा केही कठिनाई भएपनि विस्तारै नगरको विकासको खाकाहरु प्रभावकारीरुपमा अघि बढ्न थालेका थिए । ब्यावसायिक पृष्ठभूमीबाट नगरको नेतृत्व गर्न पुग्नुभएका हमालले देश विदेशको विकास मोडलहरु अध्ययन गर्दै धनगढी विकास मोडल नाम दिएर धनगढीको विकासलाई अगाडी बढाउँदै हुनुहुन्छ । विकासको धनगढी मोडल अन्तरगर्त हाम्रो धनगढी हामी बनाउँछौँ’ भन्ने मूल नारा आत्मसाथ गर्दै नयाँ कार्यक्रम शुभारम्भ गरिएको थियो ।
२०७९ सालमा निर्वाचित जनप्रतिनिधिहरुले धनगढीलाई कल्याणकारी उप महानगरपालिका बनाउने अभियान जारी रहेको नगर प्रमुख गोपल हमालले बताउनुभयो । नगरवासीको सुखदुःखमा उप महानगरपालिकाले साथ दिँदै आएको नगर प्रमुख हमालले बताउनुभयो । स्वास्थ्य,शिक्षा ,वातावरण र विकासमा दीर्घकालिन प्रभाव पार्ने काम भइरहेको छ त्यसैको फलस्वरुप विकासको धनगढी मोडलका बारेमा अध्ययन गर्न विभिन्न ब्यक्ति र संस्थाहरु धनगढीमा भ्रमण आउने गरेको नगर उप प्रमुख कन्दकला रानाले बताउनुभयो ।
धनगढीलाई आकर्षक र शहरको अनुभूति गराउन नगरपालिकाले उज्यालो धनगढी कार्यक्र ल्याएर धनगढीलाई सौन्दर्यकरण गरेको छ । अन्धकार र फोहोरका कारण अस्तब्यस्त देखिएको धनगढीको मुहार फेरिएको छ । नगरवासीले अनुभूत गर्ने गरेर सरसफाईको काम भएको छ । बजार प्रवेश गर्दा अन्धकार देखिने धनगढी बजार केही बर्षदेखि झलमल्ल भएको छ । रात्रीकालिन यात्रालाई सुरक्षीत र सहज बनाउनुका साथै सन्ध्याकालिन ब्यवसाय प्रवद्र्धन गर्ने उद्येश्यले धनगढी उप महानगरपालिकाले उज्यालो धनगढी कार्यक्रम साञ्चालन गरेको छ । त्रिनगर भन्सादेखि ६ लेन सडकको उत्तर गोदावरी नगरपालिकाको सीमाना सम्म सडक क्षेत्रका २६८ पोलमा स्मार्ट लाइट जडान गर्नुका सथै नगरका विभिन्न स्थानमा स्मार्ट लाईट र हाईमास्ट लाइट जडान गरेर धनगढीलाई झलमल्ल पारिएको छ । नगर क्षेत्र रात्रीकालिन समयमा उज्यालो हुँदा नगरवासी खुशी भएकाछन् । नगरमा विद्युत आपूर्ति सहज र भरर्दो होस् भन्ने उद्येश्यले उपमहानगरपालिकाले विभिन्न स्थानमा विद्युततीकरण गरेको छ ।
यस्तै उपमहानगरपालिकाले प्रर्यावरणलाई मध्यनजर राख्दै हरियाली प्रवद्र्धन अभियान समेत शुरु गरिएको थियो । धनगढीमा बृक्षारोपण गरेर हरियाली प्रवद्र्धन चलाइएको छ । पहिलो चरणमा सडकबीचमा मिडियन र दुवैतिरका फुटपाथका छेउमा वृक्षारोपण गरेर हरियाली बनाएको छ । उपमहानगरपालिकाले विशेषज्ञ स्वास्थ्य क्लिनिक,आमा बचाउन अभियान,फोहोरको सूक्ष्म वर्गीकरण,मुख्य सडक विस्तार,हरघडी नगर प्रहरी कार्यक्र रहेको छ । उपमहानगरपालिकाले नगरवासीलाई सर्पदंश र सर्पलाई अकालमा मारिनबाट जोगाउन नगरका घर टहरा,पसल,गोठ आदीमा पसेका सर्पको उद्धार गर्ने,कसैको मृत्यु हुँदा दाहासस्कारलाई चाहिने दाउरा र कात्रो किन्न समेत पैसा नभएको अवस्थालाई मध्यनजर राख्दै मृतकको परिवारलाई सहयोग पुगोस भन्दै उपमहानगरपालिकाले पाँच हजार रुपैंया दिने गरेको छ ।
लोककल्याणकारी सरकारको अनुभूति गराउने उद्येश्यले धनगढी उपमहानगरपालिकाले शव चिस्यान सेवा,शव वाहन सेवा,अलपत्र मानव उद्धार सेवा,आकस्मीक सहयोग,बढीपिडितहरुको उद्धार,आगलागी नियन्त्रणका कामलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याएको छ । यी सेवाका कारण नगरवासीले लोककल्याणकारी सरकारको अनुभूति गरेको नगरवासीको भनाई छ । उपमहानगरपालिकाले जनसहभागितामा हाम्रो धनगढी सफाल धनगढी भन्ने सरसफाइ अभियान सञ्चालन गरको छ भने दुर्व्यसन रोकथाम कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन गरेको छ ।











प्रतिक्रिया