काठमाडौँ
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् र ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावासले नेपाली समुदायलाई कानूनी सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन्।
कार्यक्रम शुक्रबार दिउँसो ग्वाङ्झाउको ल्यान्डमार्क इन्टरनेशनल होटलमा हुनेछ र चीनमा बसोबास तथा व्यवसाय गर्ने नेपालीलाई लक्षित गरिएको छ।
कार्यक्रममा अध्यागमन प्रक्रिया, कानूनी अधिकार, व्यवसायिक सम्झौता र व्यवहारिक चुनौतीबारे प्रत्यक्ष जानकारी दिने व्यवस्था गरिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् चीन र ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासको संयुक्त आयोजनामा नेपाली समुदायलाई ज्ञान र कानूनी सचेतनाद्वारा सशक्त बनाउने उद्देश्यले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना भएको चीनका एनआरएन उपाध्यक्ष प्रदीप नेपालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
यस किसिमको कार्यक्रम पहिलो भएको आयोजकले जनाएका छन्।
कार्यक्रममा चीनमा बसोबास तथा व्यवसाय गर्दै आएका नेपालीहरूले भोग्दै आएका अध्यागमन प्रक्रिया, कानूनी अधिकार, व्यवसायिक सम्झौता र व्यवहारिक चुनौतीबारे सम्बन्धित निकायका प्रतिनिधि, कानुन व्यवसायी तथा अनुभवी व्यवसायीहरूबाट प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर रहनेछ।
कार्यक्रम दिउँसो ग्वान्जाउको ल्यान्डमार्क इन्टरनेशनल होटलमा हुनेछ।
आयोजकले चीनमा रहेका सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई लाभ लिने आयोजकले जानकारी दिएको छ ।











प्रतिक्रिया