नेपाली कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु


काठमाडौँ ।

नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला नयाँ वानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा सुरु भएको छ। केन्द्रीय सदस्य लक्ष्मी खतिवडाका अनुसार पार्टीको नियमित र विशेष महाधिवेशनबारे उत्पन्न विवादका बीच यो भेला आयोजना गरिएको हो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा बोलाएको विशेष महाधिवेशनलाई पार्टी केन्द्रीय कार्यालयले विधानविपरीत ठहर गर्दै सहभागी नहुन निर्देशन दिएपछि संस्थापन पक्षीय सदस्यहरू छलफलमा जुटेका हुन्।

भेलामा रमा पौड्याल कोइराला, गोमा भट्टराई, सुशीला ढकाल आचार्य, शिव हुमागाईं, लक्ष्मी खतिवडा, कृष्णकिशोर घिमिरेसहित बालकृष्ण खाण, जीतजंग बस्नेत, सिता देवकोटा, शारदा पौडेल, रुपा विश्वकर्मा लगायत केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ।